आमा बा मरेपछि श्राद्द र श्रद्दान्जली गर्नु पर्दैन, जिवित छँदै माया दिउँ,
बितेपछि आश्रम हैन, जिवितैमा आश्रय दिनेगरौं”- दिलशोभा श्रेष्ट
वासिङटन डिसीको अमेरिकन युनिभर्सीटीको तल्लो तलामा रहेको कन्फरेन्स कोठा त्यसवेला आंशुमा डुवेको थियो। “नेपाली विमेन्स ग्लोवल नेटओर्क”(एनडव्लुजीएन) को तेस्रो सम्मेलनको अन्त्य तिर प्रमूख अतिथि दिलशोभा श्रेष्टले माईक अगाडी उभिएर वोलेका हरेक शव्दहरु दैवी तागत बोकेर त्यहां उपस्थितसवैको मनभित्र विझ्न पुगेका थिए।
नेपाली सक्कली ढाकाको सारी र हरियो स्वेटरमा दिलशोभाको सरल अनुहार अनि चम्किला आंखा वगैचामा फूलेको फूल जस्तै सुन्दर र पवित्र देखिन्थ्यो। मन्दीरमा देवीको दर्शन गर्न लाम लागेका भक्त जस्तै दिलशोभाको एक दर्शन पाउन र उहांलाई छुन व्यग्र थिए।
“आमावुवाहरुलाई वुढेसकालमा केहि चाहिदैन न्यानो र तातो चाहिन्छ अनि माया चाहिन्छ, मसंग हुनु भएका धेरैजसो आमाहरुको सवैभन्दा ठूलो भोक नै मायाको भोक पाए मैले, वहुलाजस्तो देखिने पनि माया र स्याहार पाएर सद्दे भएको पाएँ।“
दिलशोभाले यसो भन्दा कोठा स्तव्ध थियो। त्यसो त यो कोठामा जम्मा भएका धेरैजसोले अहिलेसम्म दिशानिर्देश र अरु अरु पनि संचारमाध्यमवाट दिलशोभाको नाम र कामवारे प्रशस्त थाहा पाईसकेको भएतापनि आफ्नो अगाडी दिलशोभाको मुखवाट निस्किएका ती शव्दको वजन सयौंगुनाले वढेको जस्तो लाग्थ्यो।
टेक्ने र समाउने केहि नभई वेवारिसे जस्तै हात पसारेर सडकको काखमा खुंचिएर सकिनसकि आफ्नो जीवनको भार बोकी मृत्यु पर्खिरहेका आमाहरुको लागि आफ्नो घरको ढोका र आफ्नो काख उघारिदिने दिलशोभाले सोह्र वर्षदेखि गरिरहेको पुण्य भर्खरै वाहिर पोखिन लागेकोमा उनको पटक्कै गुनासो देखिदैनथ्यो। सकेसम्म वाहिरी प्रचारप्रसारवाट आफु टाढै रहन खोजेको वताउने दिलशोभा अहिले आफ्नो काम वाहिरिएकोमा त्यस्तो असंतुष्ट भए जस्तो पनि लाग्दैनथ्यो।
“देव्रे हातले दिएको दाहिने हातले थाहा नपाओस भनेर मेरो वुवाले भन्नु हुन्थ्यो, म पनि त्यसैअनुसार आफूले यसो गर्दैछु, उसो गर्दैछु भनेर हल्ला पिटेर हात फैलाउने पक्षमा कदापी थिईन”। दिलशोभाले दुईदिन अघिनै मसँग भनेकी थिइन् ।
“वुद्द धर्म मान्ने एकजना आमालाई सधैं हांसको फुल चाहिने, उहांलाई सधै हांसको फुल पुर्याउन नसकिने, कुखुराको अलिक सेतो अन्डा दिएर हांसको हो भन्नु पर्यो, मैले झुठ वोलेँ पाप लागे पनि लागोस”। दिलशोभाको सारै अवोध ह्रदयले स्वीकार गरेको पाप पनि कति अवोध र धर्मपूर्ण थियो, उनले हांस्दै भनेको वाक्यले श्रोताहरुका आंखा झनै रसाएका थिएँ ।
“कर्णालीमा गएर त्यहां द्वन्दपिडित टुहुरा केटाकेटि ल्याउने निर्णय गरेर आफूले भने भन्दा बढी केटाकेटी आएपछि केटाकेटीलाई अरु ठांउमा स्टाविल्स गर्ने भनेको रहेछ, तर मैले स्टेपल्स गर्ने भन्ने ठानेर मेरा केटाकेटी लाई स्टेपल नगर्नु भनेर आग्रह गरें, मलाई त स्टाविल्स भनेको पनि थाहा थिएन”।
कति सरल तर कति मार्मिक भनाई। रुन्चेहांसो फेरि कोठाभरी गुन्जियो।
आमा मात्र आफ्नो आश्रयमा राख्ने दिलशोभाको घरमा आएका वुवाहरुवारे सरकारवाट केहि आपत्ती भए पछि वावुहरुलाई कतै अन्तै डेरा गर्नु परेको र त्यसले गर्दा दुई भान्सा भएकोले अरु खर्चिलो भएको छ अरे। आफूसंग भएका केटाकेटीहरु मध्ये केहि केटाकेटी काठमान्डौका केहि शिक्षालयहरुले पढाउन लिएर गएको भए पनि वांकी विद्यार्थीको पाँचौ निःशुल्क शिक्षा सकिएपछिको अन्योअल पनि दिलशोभाको अनुहारमा चिन्ताको रुपमा देखिएको थियो।
आमा छोरी आफैले आमाहरुको हेरचाह गर्ने अन्त्येष्टी गर्ने , भए पेटभरी खाने नभए भोकैवस्ने गर्ने गरेकोमा अहिलेका दिनहरुमा धेरैले दिलशोभावारे थाहा पाएर खोजीगरेपनि वास्तवमा अझैपनि दिलशोभा र छोरी शवनम र उनका पति नै दिगो स्रोत भएको वताए पनि दिलशोभाको मनवाट सहयोगी प्रति कृतज्ञता निस्किन छोडेको थिएन।
दिलशोभा स्वाभाविकरुपमा जति वोल्दै गइन् कोठा शुंक्क र घुंक्कले गुन्जायमान भयो, कोठाका कुनैजोडी आंखा ओवाना थिएनन्, आंशु पुछ्ने कागज वोकेर एकजनाले सवै समक्ष पुग्नु पर्यो।
“म यति ठूलो मुलुकका यति फराक मनभएका यहांहरुको सामु आउन पांए, अव काठमान्डौको सडकमा कुनैपनि वेवारिसे आमा देखिनुहुन्न, काठमान्डौ गरिव हैन, मनको मात्र गरिव हो, मलाई विश्वास छ अव माग्ने आमा वेवारिसे आमा काठमान्डौवरीपरी भेटिदैन”। दिलशोभाको भनाईको अन्त्य तिरका यी वाक्यको साथमा आ-आफ्नु गच्छेअनुसारको सहयोगका रकमका अंकहरु का प्रतिवद्दता आफसे आफ वर्षिए।
व्यक्तिगतरुपले मेरो दिलशोभा संगदुई दिन भित्रको दोस्रो भेट थियो , मलाई दिलशोभाको साथ छोड्न मन थिएन,कोठामा भएका अरु सवैलाई मलाई जस्तै भएको थाहा पाउन गाह्रो थिएन।
“म यहां आउन पाउनु भनेको मेरा आमाहरु र केटाकेटीको लागि खुशिको कुरा हो, यसले उहांहरुको दुःख कम हुन्छ र यहाँ हुनेहरुको सहयोगले मैले चाहेजति सवै मेरो घरमा अट्टाउन सक्ने संभावना बढाएको छ, त्यसैले म यहां आउन पाएर सारै नै खुशी छु”।
दुईदिन अघि म संगको भेटमा उनले भनेकी थिईन्। हो मैले दुईदिन अघि दिलशोभाको अविश्मरणीय दर्शन पाईसकेकी थिए।