Mon. May 19th, 2025

दोषिलाई कारबाहीमा माग राख्दै धादिङका अधिकारकर्मीले प्रजिअलाई ज्ञापनपत्र बुझाए

१३ साउन, धादिङ – काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।
हत्या गरिएको प्रशस्त आधार हुँदाहुँदै आत्महत्या भन्ने प्रहरीले अनुसन्धानमा समेत ढिलाइ गरिरहेकाले सत्यतथ्य छानबिन गर्न, हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

जिल्लामा क्रियाशील दलित सेवा सङ्घ, संयुक्त दलित सङ्घर्ष समिति,इन्सेक, संयुक्त दलित अधिकार मञ्च, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित उत्थान तथा पैरवी मञ्च, दलित महिला संघलगायत नौओटा संघसंस्थाले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ ।
काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो ।

काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेमविवाह गरेपछि उमेर नपुगेर आफ्नो परिवारको जिम्मा लगाइएको लगत्तै दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।ज्ञापनपत्र बुझेपछि प्रजिअ सुवेदीले घटना छानबिन भइरहेकोले सत्यतथ्य बाहीर आउने बताए ।

About The Author

अन्य समाचारहरु: