Mon. May 12th, 2025

धादिङमा २६ दशमलव ९ प्रतिशतले राजस्व वृद्धि

Economy-Aarthik-Note
१४ साउन, धादिङ – धादिङ जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा २४ करोड ९१ लाख २६ हजार १ सय ४६ रुपैया संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङले जनाएको छ ।

गत आर्थिक वर्षमा १९ करोड ७५ लाख ८३ हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७२/०७३ मा ५ करोड १५ लाख ४३ हजारले वृद्धिभएको कार्यलयले जनाएको छ । यो वर्ष राजस्वमा २६ दशमलव  ९ प्रतिशतले वृद्धि भएको कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जानकारी दिए ।

  त्यसैगरी संकलित राजश्व मध्ये सबैभन्दा बढी राहदानी सिफारिसबाट मात्रै ३ करोड भन्दा बढी राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: