सँधै फूलमा यो भ्रमर बस्ने छैन
रहरमा छु मनमा रहर बस्ने छैन
नजरमा बसेछन् निकै रूप उस्का
कवै रूपमा यो नजर बस्ने छैन
अधरमा छ तृष्णा पलेंटी कसेको
कुनै तिर्सनामा अधर बस्ने छैन
लहर हो मलाई बनायौ बगरको
खबरदार ! उस्तै बगर बस्ने छैन
हुँ यात्री कतै त बसूँला सफरमा
कुनै स्थानमा यो सफर बस्ने छैन