१६ साउन, धादिङ – गाउँ पर्यटन मञ्च (भिटोफ)नेपालको अध्यक्षमा धादिङका पर्यटन व्यवसायी कमल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
भिटोफ नेपालको आइतबार सम्पन्न २० औँ साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा राम घले, द्वितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा वासुदेव पाण्डे, सचिवमा जस्फा पाण्डे, कोषध्यक्षमा गगनराज नयौपाने र सहकोषध्यक्षमा कृष्णबहादुर सुवेदी निर्विरोध चयन भएका छन्।
यसैगरी सदस्यमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुलप्रसाद सुवेदी, जङ्गबहादुर लामा र प्रकाश अर्याल रहेका छन्। दुईजना सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ । भिटोफमा हाल ६२८ सदस्य छन्।
गाउँपर्यटन प्रबर्धन मञ्च ९भिटोफ नेपाल० २०५४ सालमा स्थापना भएको पर्यटन व्यवसायीहरुको संस्था हो । भिटोफले गाउँमा देखिएका सम्भावित पर्यटकीय आकर्षणहरुलाई प्रर्बद्धन गर्ने गर्दछ ।