१७ साउन, धादिङ – सिमेन्ट उद्योगहरुलाई दैनिक गरिने चुनढुङ्गाको निकासी प्रकृया गैरकानुनी र पारदर्शी नभएको भन्दै जिल्ला बन कार्यालय धादिङले जोगीमारा स्थित देशकै ठुलो अन्नपुर्ण क्वेरिज प्रालिलाई ढुङ्गा उत्खनन्नमा रोक लगाएको छ ।
विगत २ दशक देखि लगातार संचालित जोगीमाराको मौवाखोलामा रहेको सो खानी सयौं हेक्टरमा फैलिएको छ । सो चुनढुङ्गा खानीवाट अन्नपुर्ण क्वेरिजले हेटौंडा सिमेन्ट लगायत भैरहवा र नवलपरासीमा रहेका भारतीय सिमेन्ट कम्पनी अम्वे र रिलायन्सलाई वर्षातको समयमा वाहेक दैनिक २ देखि ३ सय टिप्पर चुनढुङ्गा निकासी गर्ने गरेको छ ।
प्रारम्भिक अध्ययनमा जिल्लाबाट ठूलो परिमाणमा चुनढुङ्गा निकासी गर्दा पनि कुनै सरकारी निकायले दैनिक निकासी लगत नराखेको र निकासी पुर्जी पनि नलिएको फेला पारेपछि आवश्यक छानविन गरी व्यवस्थित बनाउन हाललाई वन्द गरिएको प्रमुख जिल्ला अधिकारी विस्वप्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय वन क्षेत्रमा पर्ने कुनै पनि वस्तु उत्खनन् र निकासी गर्दा वन पैदावार अन्र्तगत जिल्ला वन कार्यालयको समेत निकासी पुर्जी लिनु पर्नेमा हाल सम्म सो प्रकृयामा नगई मनपरि गरेको पाईएको छ । कान्तिपुरबाट