Mon. May 19th, 2025

जागरुक युवा अभियानद्धारा सप्तरीको घटनामा घाईते भएकालाई सम्मान

samman-news
१७ साउन,  धादिङ – सप्तरीको तिलाठी घटनामा गम्भिर घाईते भएका देबनारायण यादव र दुर्गानन्द झालाई जागरुक युवा अभियान नेपालले सम्मान गरेको छ ।

प्र.मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भूमा उपचाररत यादव र झालाई खादा र नेपाली ढाका टोपी लगाई दिएर सम्मान गरेको हो । अभियानमा आवद्ध युवाहरुले देशको सिमा जगेर्नाका लागि आफ्नो ज्यानलाई बाजी राखेर लडेको भन्दै हौसला स्वरुप सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै घाईते यादवले भारतीय विस्तारवादविरुद्ध लामोसमयदेखि लड्दै आएको र आफ्नो एक मुठी सास रहेसम्म बाँध निर्माण गर्न नदिने बताए । भारतीयले बाँध निर्माण गरे नेपालका करिव एक दर्जन गाविस डुवानमा पर्ने भन्दै यादवले कुनै हालतमा बाँध निर्माण गर्न दिन नहुने र त्यसकालागि स्थानीयले चालेको कदममा उच्चस्तरबाट सहयोग हुनुपर्ने बताए । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दसगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको भएको झडपमा घाइते भएका पूर्व जिल्ला विकास समिति सदस्य देवनारायण यादव सहित दुर्गानन्द झालाई उपचारका लागि शनिवार काठमाडौको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा ल्याई सधन उपचार कक्षमा भर्ना गरिएको हो । निजहरुको निशुल्क उपचारको व्यवस्था गरेको अस्पताल प्रशासनले जनाएको छ । निजहरुलाई मनमोहन अस्पताल सम्म ल्याउने काम भने ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूहको पहलमा भएको हो ।

उनलाई काठमाडौं ल्याएर प्रस्तावित मनमोहन शिक्षण अस्पताल सम्म पुर्याउनेमा प्रमुख भूमिका ठाकुर गैरेको रहेको यादवले बताएका छन् । कार्यक्रममा अभियानका संयोजक घनश्याम श्रेष्ठले यादव र झा लगायत स्थानीयले चालेको कदमको कदर गर्दै सम्मान गरेको बताए । कार्यक्रममा जागरुक युवा अभियानका तर्फबाट घनश्याम श्रेष्ठ,रामजी बलामी,जनार्जन पौडेल,शिव धिताल बसन्त हुमागाइँ,ज्ञानमणी नेपाल कालोटोपी ,राजेश खत्री लगायतको उपस्थिति रहेको थियो । हिमालदेखि तराईसम्मका सवै नागरिक नेपाली हुन भन्दै श्रेष्ठले सप्तरीवासीले चालेको कदमलाई सवैले साथ दिई मुलुकको सिमाना जोगाउनुपर्नेमा जोड दिए ।

साथै जागरुक अभियानका तर्फबाट जनार्जन पौडेलले घाइते दुबैलाई सम्मान गर्दै हिमाल पहाड तराई कोइ छैन पराइ हामी तराइबासीको साथमा छौ भन्दै सिम्वोलिक रुपमा ुभूमिपुत्रलाई काठमाडौबासीको मायाु भन्दै मायाको चिनोको रुपमा ढाकाटोपी लगाइदिएर सम्मान गरे। कार्यक्रममा मनमोहन अस्पतालका तर्फबाट चिरञ्जिवी चुडाल र नवराज रुपाखेती समेत सहभागी थिए ।

About The Author

अन्य समाचारहरु: