Tue. May 20th, 2025

वन अतिक्रमण हटाएर २ हजार विरुवा रोपियो

ban-atkaraman-hataidai१७ साउन, धादिङ – धादिङको कुम्पुर गाँउ विकास समिति वडा नं ४ खरमटारमा रहेको लामकानेदेवी सामुदायिक वन स्थानीयले अतिक्रमण गरी बाली लगाएपछि हटाइएको छ ।

जिल्ला वन कार्यलय धादिङ, इलाका प्रहरी कार्यलय गजुरी र लामकानेदेवी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सोमबार वन अतिक्रमण गरी लगाउदै आएका बाली नष्ट गरेको छ ।

त्यस क्षेत्रमा रहेको ५० रोपनी जग्गा अतिक्रमण गरी लगाइएका मकै र तिल बाली नष्ट गरेको जिल्ला वन कार्यलय धादिङका सहायक वन अधिकृत एवम् सुचना अधिकारी सुदिप छत्कुलीले जानकारी दिए ।

अतिक्रमण हटाइएको ठाँउमा साल, टाकी ,चिउरी लगायतका २ हजार विरुवा रोपिएको छ । धादिङमा ७ सय २ वटा सामुदायिक वनहरु रहेका छन् । सामुदायिक वन अतिक्रमण गरि बस्ती बस्ने, विरुवा रोप्ने गरेमा कार्बाही गरिने कार्यलयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: