Mon. May 12th, 2025

खुला बक्सिङ प्रतियोगितामा आर्मी क्लब टिम च्याम्पियन

boxin१७ साउन,  धादिङ – प्रथम अन्तर क्लब उपत्यकास्तरीय खुला बक्सिङ प्रतियोगितामा नेपाल आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।

लैनचौरस्थित टेबल टेनिस कभर्ड हलमा सोमबार भएको फाइनल खेलमा आर्मी कुल पाँच स्वर्णपदक हात पार्दै टिम च्याम्पियन बनेको हो । प्रतियोगिताको ५२ केजी तौल समूहमा आर्मीका करण चौधरीले सुदीप श्रेष्ठलाई पराजित गरे ।

त्यस्तै ६४ केजीमा मोहन ठकुरीले अनोज भण्डारी र केशव बलामीले हर्कराम विकलाई पराजित गर्दै स्वर्णपदक जिते । त्यसैगरी ४९ केजी तौल समूहमा नक्सालका सुुशील थापाले आर्मीका मिसलदीप सुनुवारलाई पराजित गर्दै स्वर्णपदक हात पारे ।

५६ केजीमा नक्सालका गणेश थापाले आर्मीका मुनाल पुन मगरलाई हराए । त्यस्तै ६० केजी तौल समूहमा नक्सालका युवराज किशोरले आफ्नै क्लबका किशोर शर्मालाई पराजित गरे । ६९ केजीमा अनिश श्रेष्ठले सुरज मगरलाई हराए ।

About The Author

अन्य समाचारहरु: