१८ साउन, काठमाडौं – कागजमा आकर्षक तलवसुविधाको आश्वासन दिने तर व्यवहारमा त्यस अनुसारका कार्यान्वयन नगर्ने विदेशी कम्पनीमा कामदार पठाउन नेपालले रोक लगाएको छ ।
सरकारले मलेसिया र खाडी मुलुकका ५७ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिवन्ध लगाएको छ ।नेपाली कामदारलाई बिचल्लीमा पार्नेक्रम चुलिएपछि ती कम्पनीका सधैका लागि कामदार पठाउन बन्द गरिएको हो ।
नेपाल एक सय १० वटा मुलुकमा कामदार पठाउन खुल्ला गरेको भए पनि कारबाहीमा परेका सबै कम्पनी मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स गरी जम्मा चारवटा देशका मात्र छन।
ती मुलुकका केही कम्पनीले विदेशी कामदार मगाएर अलपत्र पारेको समेत वैदेशिक रोजगार विभागमा उजुरी परेको छ ।
नेपालले कालोसूचीमा राखेकामध्ये फर्निचर, कटन, टावल, क्लिनिङ क्षेत्रसँग सम्बन्धि कम्पनीहरु रहेका छन ।
कामदार पठाउन प्रतिवन्ध लगाएका ५७ मध्ये ५२ वटा मलेसियाका कम्पनी रहेका छन ।अन्नपुर्ण पोष्टबाट