Sat. Jun 15th, 2024

साना किसान विकास बैंकको अध्यक्षमा पुनः पाठक

pathak

२० पुस, काठमाडौँ-साना किसान विकास वैङकको अध्यक्षमा पुनः खेमबहादुर पाठक निर्वाचित  भएका छन् । नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष एवं साना किसान कृषि सहकारी संघ धादिङका संचालक समिति सदस्य पाठक बैंकको शुक्रबार सम्पन्न साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष खेम वहादुर पाठकले आगामी ५ वर्षमा नेपालका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि पाठकले साना किसानहरुको सेवामा प्रतिबद्ध बैङकको सेवा विस्तारसंगै किसान मैत्री कार्यक्रमलाई जोड दिने बताउनु भएको छ ।
अहिले ४ सय वटा गाविसमा विभिन्न कार्यक्रम गर्दै आईरहेको साना किसान बैङकले पशु विमा र ग्रामिण क्षेत्रमा कृषक समुह र सहकारीलाई सहयोग गर्दै आईरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: