Sat. May 24th, 2025

कविता : बाटो

 दीपेन्द्रसिंह थापा

dipendra singh
गाउँदै गतिशीलताको गीत
सुसेल्दै सुसम्भावनाको सङ्गीत
हिँडिरहून् हिँड्नेहरु
चाल्दै लक्ष्यभेदी पाइला
अघि बढिरहून् बढ्नेहरु ।

कतै उक्लदै गएजस्तो
कतै ओर्लदै रहेजस्तो
कतै समतल भएजस्तो
म बाटो
ठाउँ ठाउँ जोडिएको छु
गाउँ गाउँ मोडिएको छु ।

हिमाल उक्ल कि पहाड लम्क
या पुग तराई
म त बाटो
युगौँसम्म
उही बाटो नै रहने छु
उही माटो नै रहने छु
पूर्ववत्
सबै सबै गन्तव्य खोज्दै लम्किरहून् भन्छु
सधैँ सधैँ सौन्दर्य रोज्दै चम्किरहून् भन्छु ।
‘सहयात्री शब्दहरू’ (कवितासङ्ग्रह)बाट

About The Author

अन्य समाचारहरु: