Tue. Jan 14th, 2025

धादिङमा सम्भावना छ तर कार्यन्वयन हुन सकेन

SAM_5071

२१ पुस, धादिङ
धादिङमा विकासका संभावनाहरु प्रशस्त भएर पनि कार्यन्वयन हुन नसकेकाले उचित योजना वनाएर कार्यन्वयनको चरणमा लैजानुपर्ने आइतबार आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला विकास समितिको कार्यलय धादिङ र नेपाल जनप्रशासन संघले जिल्ला विकास समितिको कार्यलयमा गरेको आवधिक योजनामा समेट्नुपर्ने बिषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै नेपाल जन–प्रशासन संघका केन्द्रिय अध्यक्ष एवं पुर्व सचिव कृष्णहरी बास्कोटाले धादिङमा कृषिको क्षेत्रमा विकास गर्न कृर्षकहरुलाई आर्गानिक खेतीमा आकर्षित गर्नुपर्ने, मासुजन्य पदार्थमा आत्मनिर्भर नाउनका लागि पशुपालनमा जोड दिनुपर्ने बताउनु भयो ।

बास्कोटाले भने, ‘राजधानीबाट नजिकको जिल्ला रहेर पनि धादिङले सोचेजति आर्थिक उन्नती गर्न सकेको छैन, धादिङलाइ राजधानीसंग अझ नजिक बनाउन र आर्थिक विकासमा अगाडी लैजानको लागि थानकोट नौविसेमा सुरुङमार्गको आवश्कता रहेको छ ।’त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकारका पुर्व सहसचिव डा.हिरामणी घिमिरेले राजनीतिक दल र प्राविधिक वीच असमञ्जस्यता हुँदा योजना कार्यन्वयन हुन नसककेको बताउनु भयो ।

त्यसैगरी जनप्रशासन संघका महासचिव एवं जनप्रशासन क्याम्पस सहप्राध्यापक केशवराज पाण्डेले स्थानिय स्तरका जनताहरुलाइ समेट्ने गरि योजनाको निर्माण गर्नुपर्ने र ब्यापक जनसहभागीतामा योजना कार्यन्वयन बनाउनुपर्नेमा जोड दिनुभयो ।

अवको आर्थिक बर्षका लागि योजना बनाउदा जनताको हीत हुनगरी योजनाहरु बनाउनको लागि आग्रहस्वरुप जनप्रशासन संघले धादिङका सरकारी कार्यलयका प्रमुखहरुहरुलाइ आवधिक योजनामा समेट्नुपर्ने विषयहरुका लागि कार्यलय प्रमुख र नितिनिर्माण गर्ने तहहरु अन्तरक्रिया राखेको जनप्रशासन संघका अध्यक्ष बास्कोटाले बताउनु भएको छ ।

About The Author