Sat. May 24th, 2025

न्याय माग्न प्रशासन पुगेका दलित समुदाय गेटबाटै फर्किए

dalit-samudaya

अस्मिता खतिवडा / २५ साउन,  धादिङ – संयुक्त दलित संघर्ष समिति धादिङले मंगलबार जिल्ला प्रशाशन कार्यलय घेराउ गरेका छन् ।

दलित तथा विपन्न वर्ग प्रति बढ्दै गएको ज्यादतीका विरुद्ध आवाज उठाउँदै पीडितलाई न्याय दिलाउनका लागि प्रशासन घेराउ गरिएको समितिले जनाएको छ । धादिङ पिडामा भएको मनसायकरणी घटनालाई आलटाल गर्न खोजिएकोमा संयुक्त दलित संघर्ष समिती धादिङले आपत्ती जनाएको छ ।

पीडित महिलालाई घाइते अवस्थामा काठमाण्डौं लगिंदै गर्दा प्रहरीले जवरजस्ती बोलाएर सामान्य घटना भएको भन्दै सार्वजनिक मुद्धा दायर गरि मेलमिलाप गराउन खोज्नु गलत भएको भन्दै बलात्कार गर्न खोज्नेलाई कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका ६, होक्सेका अजित मिजारले अन्तरजातिय विवाह गरेकै कारण मारिनु परेको र दोषिलाई कारबाहिको दायरामा ल्याउने कुरामा भने प्रशाशन मौन रहेको भन्दै प्रशासन घेराऊ गरिएको गोपाल विश्वकर्माले बताए ।

कार्यक्रममा राजनितिक दल, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । पीडितको पक्षमा न्याय माग्न प्रशाशन पुग्दा प्रमुख जिल्ला अधिकारीलाई सहजै भेट्न नदिंदा धर्ना नै बस्नुपरेको उनीहरुले बताए । न्याय नपाउञ्जेल धर्ना कार्यक्रम जारी राख्ने संयुक्त दलित अधिकार मञ्च नेपालका जिल्ला प्रतिनिधी रमेश मान सुनुवारको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सुवेदीलाई भेट्न नपाएपछि उनीहरुले आक्रास व्यक्त गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी सुवेदी संग बुझ्दा उनले भने भेट्न खाज्नेलाई सधैं ढोका खुल्ला रहेको बताए ।

About The Author

अन्य समाचारहरु: