२६ साउन,काठमाण्डौ–गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार सुसार र खानपीनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने विगत ६ महिनादेखी घरमै बाँधेर राखिएको छ ।
मानसिक रोगी त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य छिन । गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिडेपछि उनी विचल्नीमा परेकी छिन । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिडे पछि वृद्ध सासु ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भीमबहादुर खड्काले बताए ।
७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो तर आर्थिक अभाव भएकाले पुनः पाटन लान नसकेको खड्काले बताए ।
‘एक त मानसिक रोगी त्यसमाथी खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन,’ भीमबहादुरले भक्कानिदै भने ।
अन्नपुर्णपोष्ट बाट