Sat. May 24th, 2025

नेविसंघ महाधिवेशन – विवाद मिल्यो, निर्वाचन २९ गते हुने

NSU२७ साउन, काठमाडौं – प्रतिनिधि विवाद हल भएसँगै नेविसंघको महाधिवेशनको बन्दसत्र विहीबारदेखि सुरु हुने भएको छ । ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन । आइतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्द सत्र बिहीबारदेखि सुरु हुने जानकारी नेविसंघका अध्यक्ष रंजित कर्णले दिए ।

कर्णका अनुसार महाधिवेशन थप तीन दिन लम्बिने भएको छ । विहीबार बन्द सत्र सुरु गर्ने र निर्वाचनका लागि मतदाताहरुको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । शुक्रबार मनोनयन दर्ता गरी २९ गतेमात्रै निर्वाचन हुने भएको छ । महाधिवेशन तीन दिन लम्बिदा संघलाई करिव डेढ करोड रुपैयाँको आर्थिक व्ययभार बढेको कर्णले बताए । यसअघि बुधबारसम्मका लागि मात्रै भोजन र आवासको व्यवस्था गरिएको थियो । पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन जति लम्बिए पनि पार्टीले खर्च बेहोर्ने बताएपछि संघले थप तीन दिनका लागि आवास भोजनको व्यवस्था गरीसकेको छ ।

कसरी भयो सहमति ?
विधिवत् महाधिवेशन नभईकनै भागबण्डाका आधारमा छनोट भएका ११ जिल्लाका प्रतिनिधिको विवाद मिलाउन झन्डै एकसाता लाग्यो । नेविसंघ केन्द्रीय कार्यसमितिले विवाद मिलाउन नसकेपछि माउ पार्टी कांग्रेसले सवै विवाद हल गरेर महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य प्रकाशरण महतको नेतृत्वमा निर्देशन समिति गठन गरेको थियो ।

समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट गोविन्द भट्टराई र गुरु घिमिरे थिए । सभापति देउवाले आफ्नो पक्षबाट महतका अतिरिक्त किशोरसिंह राठौर र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट प्रदिप पौडेललाई राखेका थिए । नेविसंघका वर्तमान अध्यक्ष रंजित कर्ण र ऋषिकेशजंग शाह समूहबीच अधिवेशन नभएका ११ जिल्ला र स्ववियू निर्वाचन नभएका क्याम्पसमा भागबण्डाका आधारमा प्रतिनिधि चयन गरिएको थियो । नेविसंघ अध्यक्ष कर्ण पौडेल र शाह सभापति देउवा पक्षीय हुन् ।

१३ औं महाधिवेशनबाट पार्टीमा तेस्रो धार जन्माएका पूर्व महामन्त्री सिटौला पक्ष अधिवेशन नै नभई दुई पक्ष बीच देउवा र पौडेल भागबण्डाको आधारमा आएका प्रतिनिधिलाई मान्यता दिन नहुने पक्षमा लाग्यो । कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: