Mon. May 12th, 2025

स्थानिय प्रशासनको निर्णय प्रति राजनितिक दल रुष्ट

३१ साउन, धादिङ – धादिङमा क्रियाशिल राजनितिक दलहरुको सर्वदलिय बैठकले पछिल्लो समय जिल्ला प्रशासन कार्यलय र जिल्ला वन कार्यलय धादिङले अतिक्रमित वन क्षेत्रको नाममा व्यक्ति र विभिन्न संघसंस्थाहरुको भौतिक संरचना भत्काउने कार्य तत्काल रोक्न माग गरेको छ ।

एमाले पार्टि कार्यलय धादिङबेशीमा आज बसेको बैठकमा नेपाली कांग्रेसका नेता रामनाथ अधिकारी, नेकपा एमालेका अध्यक्ष भुमि त्रिपाठी, नेकपा माओवादी केन्द्रका अध्यक्ष राम बहादुर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता नन्द प्रसाद काप्री, राप्रपा नेपालका नेता धु्रव खनाल र नेकपा क्रान्तीकारी माओवादीका नेता शिवनिधी खनाल सहितका नेताहरु बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले मध्य वर्खा र भुकम्प पिडित जनतालाई मर्महात हुनेगरि चालिएको कदमले कसैको भलो नहुने बताऊँदै सो क्रियाकलाप तत्काल रोकि जिल्ला दैवि प्रकोप उद्धार समितीको बैठकमा छलफल गरि आवश्यक निर्णय गर्न स्थानिय प्रशाशनलाइ आग्रह गरेको छ । त्यसैगरि नेकपा एमाले जिल्ला कमिटी धादिङले पनि एक विज्ञप्ती जारी गरि उक्त कार्यको विरोध गरेको छ ।

All-Party-1All-Party-2

 

About The Author

अन्य समाचारहरु: