Sat. May 24th, 2025

फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार

३२ साउन,  काठमाडौं–मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी स्कुल अगाडि रहेको सेन्टर क्याफे बाहिर बसिरहेका फिल्म निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ ।

रोजलाई अपरिचित समूहले खुकरी हानिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए । उनलाई खुकुरी टाउकोमा प्रहार गरिएको थियो, तर रोजले छेकेकाले हातमा गम्भिर चोट लागेको कार्कीले बताए ।

खुकुरी कसेले प्रहार ग¥यो भन्ने खुलेको छैन । उनलाई ३ जना व्यक्तिले खुकुरी प्रहार गरेको बुझिएको छ । बाइकमा आएका ३ जनाले उनीमाथि खुकुरी हानेका थिए । घटनास्थलमा ४ वटा तरबार भेटिएको छ ।

अपराध महाशाखा र काठमाण्डौ प्रहरी परिसरले अहिले  घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

रोजले निर्देशन गरेको पहिलो फिल्म ‘जय परशुराम’ अहिले हलमा लागिरहेको छ ।

About The Author

अन्य समाचारहरु: