भदौ १ – च्याम्पियन्स लिग छनौटको प्लेअफको पहिलो लेगमा म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । मंगलबार राति भएको खलमा सर्जियो अग्युरोको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले रोमानियाको क्लब स्टुआ बुखारेस्टलाई ५–० ले हराएको हो ।
सिटलिे १३ औं मिनेटमा डेभिड सिल्भाको गालबाट सुरुवाति अग्रता लिएको हो ।
४१ औं मिनेटमा अग्युराले व्यक्तिगत पहिलो गाल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफको सुरुवाति समय ४९ औं मिनेटमा नोलिटाले गाल गर्दै सिटीको अग्रता ३–० मा र्पुयाए ।
त्यसपछि अग्युरोले ७८ र ८९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि सिटी ५–० ले विजयी भयो । सिटीका लागि ८ औं ह्याट्रिक गरेका अग्युराले यो खेलमा दुई वटा पेनाल्टीमा गोल गर्न सेकनन । पहिलो लेगमै शानदार जित निकालेकाले सिटीको सम्भावना बलियो भएको छ ।