Mon. May 12th, 2025

क्षमताभन्दा बढी यात्रु चढाए चालकको लाइसेन्स तत्कालै खारेज हुने

busकाठमाण्डु, १ भदौ– सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको  लाइसेन्स तत्काल्ऽै खारेज हुने भएको छ ।

क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घनना भएको निस्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी कानून उलङंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चाललाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले  यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो ।

बैठकले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए ।

कान्तिपुर दैनिकबाट

About The Author

अन्य समाचारहरु: