१ भदौ धादिङ –पृथ्वीराजमार्गको मौवा खोला मुग्लिन सडक खण्डको फिस्लिङमा गएराती भएको सडक दुर्घटनमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोहि दुर्घटनामा परी १० जना घाईते भएका छन् ।
काठमाण्डौबाट धरान तर्फ जादै गरेको ना ४ त ४५१६ नम्बरको यात्रुबाहक बस र सुनौलीबाट काठमाण्डौ आउदै गरेको लु १ ख ६३९१ नम्बरको बस एक आपसमा ठक्करखादा सो दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमो गुल्मी जुगुम ८ बस्ने २२ बर्षिय मन्जु गौतम र उनकै १० महिने छोराको संयोग गौतमको हरेका छन् भने अन्य २ जनाको भने सनाखत हुन सकेको छैन ।
घाईते मध्ये ६ जना गम्भिर रहेको ईलाका प्रहरी कार्याय मुग्लिनले जानकारी दिएको छ ।
घाईतेहरुको काठमाण्डौ स्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेपनी पानी परेको कारण चिप्लो सडक र अनियन्त्रित गतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ सर ?