Sat. May 24th, 2025

रियो ओलम्पिकमा नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दै

४ भदौ काठकाण्डौ – रियो ओलम्पिक अन्तर्गत नेपालकी तेक्वान्दो खेलाडी निशा रावलले आज  प्रतिस्पर्धा गर्दै छिन्न । ६७ केजीमाथिको तौल समूहमा निशाले अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्न लागेकी हुन । खेल बेलुका पौने ८ बजे हुनेछ ।

निशाले  चीनकी जेङ शुयिङसँग प्रतिस्पर्धा गर्ने छिन । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेकी निशालाई चिनियाँ खेलाडी जेङसँगको खेल कठिन हुनेछ । किनकी जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन  ।
निशाले आफूले तयारी राम्रो गरेको र जतिसक्दो राम्रो प्राविधिक खेल खेल्ने बताएकी छन । निशा रियो ओलम्पिकमा नेपालकी अन्तिम प्रतिस्पर्धी हुन ।

नेपालले रियो ओलम्पिकमा तेक्वान्दो, पौडी, एथलेटिक्स र आर्चरीमा प्रतिस्पर्धा गरेको छ । पौडी, एथलेटिक्स र आर्चरीका खेलमा नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन ।

About The Author

अन्य समाचारहरु: