Sat. May 24th, 2025

नेइमारको पेनाल्टी गोलसँगै ब्राजिललाई फुटबलमा स्वर्ण

neimar५ भदौ, धादिङ रियो ओलम्पिक अन्तरगत पुरुष फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको छ ।

नेइमारको विजयी पेनाल्टीसँगै जर्मनीलाई हराउँदै ब्राजिलले स्वर्ण जितेको हो । ५ पल्ट विश्वकप जितेको ब्राजिलले अहिलेसम्म कुनै ओलम्पिक स्वर्ण जितेको थिएन्। आइतबार बिहान नेपाली समयअनुसार ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिए।

निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ लागेको थियो। ब्राजिलका लागि कप्तान नेइमारले विजयी गोल गरे ।

About The Author

अन्य समाचारहरु: