Sat. May 24th, 2025

१५ सय ट्याक्सीको लागि धादिङ सहित काभ्रे, दोलखा, सिन्धुपाल्चोकबाट धेरै आवेदन

yakantakuna-
६ भदौ, धादिङ – सरकारले भूकम्पपीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि धादिङ सहित काभ्रे, दोलखा, सिन्धुपाल्चोक लगायतका भूकम्प प्रभावित जिल्लाहरुबाट धेरै आवेदन परेको छ ।

१५ सय वटा ट्याक्सी नम्बरका लागि डेढलाख भन्दा धेरै भूकम्प पीडितले आवेदन दिएका छन् । अन्तिम दिन भदौ ५ गतेसम्म एकलाख ५१ हजार भूकम्प पीडित परिवारले आवेदन दिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

सरकारले भूकम्प अति प्रभावित दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लाका पीडितलाई ट्याक्सी नम्बर दिने भएपछि यातायात व्यवस्था कार्यालयमा यति धेरै आवेदन परेको हो । साउन ५ देखि भदौ ५ गतेसम्म एक महिना आवेदन खुला गरिएको थियो ।

आवेदनमाथि छानबिन गरेर प्रारम्भिक नतिजा निकाल्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार छानबिनपछि गोला प्रथाद्वारा १५ सय जनालाई ट्याक्सी नम्बर वितरण गरिनेछ ।

About The Author

अन्य समाचारहरु: