Mon. May 19th, 2025

सामुदायिक वन उपभोक्ता महासंघ नेपालद्धारा वनका सामुदायिक भवन सुरक्षाको आह्वान

bigpati६ भदौ धादिङ – सामुदायिक वन उपभोक्ता महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गर्दै वनका सामुदायिक भवन सुरक्षाका लागि आह्वान गरेको छ ।

विगत केहि समय देखी नेपाल सरकार, वन तथा भु–संरक्षण मन्त्रालय अन्तर्गतका केहि जिल्ला वन कार्यलयहरुले साुमदायिक वनको संरक्षण, सुरक्षा र रेखदेखका लागि निर्माण गरिएका सामुदायिक भवनहरु ज्वरजस्ती भत्काई साुमदायिक वन उपभोक्ता समुहको सामुदायिक सम्पत्ती हानी नोक्सानी गर्ने कार्य गर्न सुरु गरिएकाले सरकारको उक्त सामुदायिक सम्पत्ती विरोधी कार्य प्रति यस महासंघको गम्भीर रुपमा ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव भारती पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– “धादिङ लगायतका केही जिल्ला वन कार्यलयहरुले सामुदायिक वनको संरक्षण, सुरक्षा र रेखदेखका लागि निर्माण गरिएका सामुदायिक भवनहरु जवरजस्ती भत्काई साुमदायिक वन उपभोक्ता समुहको साुमदायिक सम्पत्तीमा गम्भीर हानी नोक्सानी पु¥याउने कार्य गर्न शुरु गरिएकोले उक्त कार्य तत्काल रोकियोस् ।

साुमदायिक वन उपभोक्ता समुहले वन नियमावली २०५१ को नियम ३१ (२) बमोजिम र जिल्ला वन कार्यलयबाट स्विकृत कार्ययोजना बमोजिम सामुदायिक वनको सुरक्षा, संरक्षण र रेखदेखका लागि विगतमा बनाईएका सामुदायिक भवनहरुको सिल्यान्यास र उद्घाटन स्वयम्् वन विभाग र जिल्ला वन कार्यलयबाट नै भइ मान्यता प्रदान गरिंदै आइएको छ । साुमदायिक वनका सामुदायिक भवनहरुको एकतर्फ आफैं सिल्यान्यास र उद्घाटन गरि फुलमाला अबिर लगाउने र अर्को तर्फ बनाइसकेका साुमदायिक भवनहरु भत्काउने कार्य आफैंमा हदै सम्मको असोभनिय र लज्जास्पद कार्य हो ।”

नेपालमा साुमदायिक वन उपभोक्ता समुहले साुमदायिक वनको सुरक्षा, वन संरक्षण र रेखदेखका लागि अफ्नो वन क्षेत्रको एउटा सानो भागमा निर्माण गरिएका यि साुमदायिक भवनहरुले वनको संरक्षणमा उल्लेखनिय योगदान गरेको र सामुदायिक भवनहरुको माध्यमबाट स्थानिय समुदायको सचेतना, क्षमता र लोकतान्त्रीक अभ्यासको विकास हुँदै आएको कुरालाई स्वयम् नेपाल सरकारका निति तथा कार्यक्रममा प्रशंशा गरिएको अवश्थामा केहि जिल्ला वन अधिकृतहरुले वन अतिक्रमण हटाइएको भनि सस्तो लोकप्रियता कमाउने नाममा सामुदायिक वनका साुमदायिक भवनहरु भत्काई साुमदायिक सम्पत्ती माथी धावा बोल्ने काम सुरु गरिएकोले सरकारी निकायबाट नै साुमदायिक सम्पत्तीका विरुद्ध गरिएको यस्तो सरकारी वितण्डा तत्कार रोक्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । नेपाल सरकारका केहि जिल्ला वन अधिकृतहरुले उपभोक्ता समुहका साुमदायिक भवनहरु भत्काउन सुरु गरिएको कार्य साुमदायिक सम्पत्ती विरुद्धको कार्य भएकोले सो कार्य तत्काल रोक्नको लागि नेपाल राज्यभरका सम्पुर्ण साुमदायिक वन उपभोक्ता समुहहरु एकतावद्ध भए संघर्षरत रहनका लागि हामी यसै विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।

साुमदायिक वनको कुनै पनि साुमदायिक भवनहरु भत्काइएमा कडा संघर्ष गरिने र सो बाट सिर्जना हुने परिणाम प्रति स्वयम् नेपाल सरकार जिम्वेवार रहने समेत विज्ञप्तीमा जनाइएको छ । आज एउटा उपभोक्ता समुहलाई हेपेर साुमदायिक सम्पत्ती नोक्सान गर्नेले भोलीका दिनमा कुनै पनि साुमदायिक वनमाथी धावा बोल्न सक्ने भन्दै यस्तो सामुदायिक वन विरोधी रवैया प्रति समयमा नै सबै उपभोक्ता समुह र सरोकारवालहरु सचेत हुनुपर्ने अवश्था रहेकोले साुमदायिक वनका सामुदायिक भवनहरुको रुपमा रहेका सम्पत्तीहरुको सुरक्षाका लागि सबै सरोकारवालाहरु समक्ष विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ ।

About The Author

अन्य समाचारहरु: