७ भदौ, धादिङ – महानगरीय प्रहरी वृत सोह्रखुट्टेले दुइ किलो चरेस सहित धादिङका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौंको ठमेलमा बिक्रीको लागि लगिदै गर्दा धादिङ घर भएका कृष्ण मगरलाई पक्राउ गरेको डिएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
चरेस ल्याउदै गरेको सुचनाको आधारमा प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले किर्तिपुरको ट्यांङ्ग्ला फाँटबाट उक्त चरेस सहित सोमबार दिउँसो नियन्त्रणमा लिएको डिएसपी राठौरले जानकारी दिए ।