Tue. May 20th, 2025

एकै खेलमा ३२ पेनाल्टी

khel८ भदौ,  धादिङ – लिग कप फुटबलको दोस्रो चरण अन्तर्गत मंगलबार राति भएको एक खेलमा २९ गोल भयो ।

लिग पक अन्तर्गत राति भएको खेलमा डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो । यसमा दुई गोल निर्धारित समयमा भएको हो भने २७ गोल पेनाल्टीमा भएको हो । निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो

। ५६ औं मिनेटमा डर्बीका डरेन बेन्टले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए ।
तर इन्जिरी समयमा कारलिस्लेका माइक जोन्सले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । तर दुवै तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा पनि दुवै तर्फबाट लगातार गोल भएपछि ३२ पेनाल्टी प्रहार भए । त्यसमा पाँच वटा पेनाल्टीमा गोल हुन सकेन । टाइब्रेकरमा डर्बी १४–१३ ले विजयी भयो र लिगकपको तेस्रो चरणका लागि छनौट भयो ।

About The Author

अन्य समाचारहरु: