Tue. May 20th, 2025

व्यवसायिक क्षेत्रमा महिला सहभागिता गराउन जोड

mahila-saha८ भदौ, धादिङ – व्यवसायिक क्षेत्रमा महिलाहरुको सहभागिता बढाउनु पर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । क्रियाशिल पत्रकार महिला धादिङले बुधबार धादिङबेसिमा आयोजना गरिएको कार्यक्रममा महिलाहरु होटल, व्युटिपालर लगायतका व्यवसायमा मात्र सिमित हुनु परेको बताइएको छ ।

धादिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष बिष्णु श्रेष्ठका अनुसार धादिङमा ११ सय जनाले व्यवसाय दर्ता गराएकोमा ७० जना मात्र महिलाको नाममा दर्ता छन् । निणायक तहमा महिलाको उपस्थिति बलियो बनाउन जोड दिइन् ।

त्यस्तै आफुहरुले स्वतस्फूर्त रुपमा काम गर्ने वातावरण नभएको संघका सचिव चिना श्रेष्ठले बताइन् । महिलाहरुले आफ्नो नाममा व्यवसाय दर्ता गराएपनी पारिवारिक समस्याका कारण छोड्नुपर्ने बाध्यता रहेको बताइन् ।

क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा महिला व्यवसायी, पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: