Sat. May 24th, 2025

त्रिशूलीमा बस खस्यो, कम्तिमा २० जनाको मृत्यु

accident-muglin१० भदौ,  धादिङ  – रौतहटबाट पोखराकोे लागि छुटेको यात्रुबहाक बस दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ । १ ख ३७०९ नम्बरको बस मुग्लिनको चण्डी भञ्ज्याङ ६ कालिखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा ५ जनाको घाइते अवस्थामा उद्दार गरिएको छ । बसमा ३८ जना यात्रु चढेको हुन सक्ने आशंका गरिए पनि पुष्टी नभएको प्रहरीले जनाएको छ । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा खसेको हो ।

मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको अवस्थामा बस देखिएको थियो । त्यसपछि प्रहरी उद्दारमा खटिएका थिए ।

About The Author

अन्य समाचारहरु: