Fri. Dec 1st, 2023

ग्रामिण विकास कार्यक्रमको स्थलगत निरीक्षण

२४ पुस,  धादिङ
यु.एम.एन धादिङको सहयोगमा कोसोक नेपालले धादिङको बसेरी गाँउ विकास समितिमा संचालन गरेका विभिन्न कार्यक्रमहरुको स्थलगत निरीक्षण गरिएको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक जिवन कुमार मल्ल जिल्ला विकास समिति धादिङका योजना अधिकृत युवराज अर्याल, सामाजिक विकास अधिकृत विनोद अर्याल सहितको टोलीले बसेरी गाँउ विकास समितिमा सञ्चालित ग्रामिण विकास कार्यक्रम र सामुदायिक स्वास्थ्य कार्यक्रमको बुधबार र बिहिबार स्थलगत निरिक्षण गरेको हो ।

बसेरी गाविसको ८ सय ४० घरधुरीमा सुधारिएको चुलो, ४ सय २४ घरधुरीमा शौचालय र ६७ घरधुरीमा वायो ग्याँस निर्माण कार्य सम्पन्न भईसकेको छ । अनुगमन टोलीमा यु.एम.एन का रामजी भण्डारी, कृष्ण मल्ल, नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको छ । बसेरी गाँउ विकास समितिलाई यस अघि नै धुँवारहित गाविस घोषणा गरिसकिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: