Mon. May 19th, 2025

तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लागूऔषध कारोबार अभियोगमा पक्राउ

Dinesh-Gurung-Tarun-Dal-Dhading१० भदौ, धादिङ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धादिङका अध्यक्ष दिनेश गुरुङ लागुऔषध कारोबारको अभियोगमा शुक्रबार पक्राउ परेका छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

ब्युरो स्रोतका अनुसार गत चैतमा लागूऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका हुन् ।

थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने एमफेटामाइन धर्मकै भाइ पुर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको खुलेको ब्युरो स्रातले बताएको छ ।

उनले विशेष गरी धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: