Mon. May 19th, 2025

ट्रकको ठक्करले स्कुटरमा सवार धादिङकी औसीर तामाङको मृत्यु

accident१० भदौ,  भक्तपुर – भक्तपुरबाट काठमाडौ तर्फ गइरहेको ट्रकले सोही दिशातर्फ गइरहेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार यात्रुको मृत्यु भएको छ ।

अरनीको राजमार्ग अन्र्तगतको गट्ठाघर चोक नजिकै बस बिसौनीमा ना.५ ख ७८१३ नं को ट्रकले पछाडीबाट ठक्कर दिदा बा.७१ प २३७ नं को स्कुटरमा सवार धादिङ्ग घर भइ हाल काठमाडौ तारकेश्वर नगरपालिका वडा नं. ८ बस्ने औसीर तामाङ्गको मृत्यु भएको महानगरीय प्रहरी परीसर भक्तपुरका डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।

ट्रकको ठक्करबाट अर्को बसमा ठोकीएका तामाङ्गको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खनालले बताए ।

घटनापछि फरार ट्रक चालकलाई प्रहरीले काठमाडौ कोटेश्वरबाट पक्राउ गरेको छ ।
हेमराज ढकालबाट

About The Author

अन्य समाचारहरु: