Sat. May 24th, 2025

सिड्स धादिङको अध्यक्षमा मेधबहादुर तामाङ

CIRDS photo ११ भदौ, धादिङ– सिड्स धादिङको अध्यक्षमा मेधबहादुर तामाङ
११ भदौ, धादिङ– चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) को २२ औ अधिवेशन तथा पाँचौ सामाजिक लेखाजोखा थाक्रे गाउ बिकास समितिको  महादेबेशीमा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको २२ औँ साधारण सभा तथा अधिवेशनले मेधबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।नयाँ कार्यसमितिको उपाध्यक्षमा राजु परियार, सचिवमा माधवप्रसाद खतिवडा सह–सचिवमा सुयश बिक्रम राणा र कोषाध्यक्षमा यशोदा विडारी चयन भएका छन् ।
यसैरी सदसस्यहरुमा भिमसेन तामाङ, सुसिला सुवेदी, संचिता थापा, विष्णु पौड्याल रहेका छन् । बाँकि २ जना सदस्य भने कार्यसमितिले पछि मनोनयन गर्ने छ । संस्थाका निर्वतमान अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा साधारण सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका पमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: