अस्मिता खतिवडा/११ भदौ, धादिङ– देशैभरका पत्रकारहरुलाई उछिन्दै फेडवासन वास पत्रकारिता पुरस्कारबाट पत्रकार अर्जुन श्रेष्ठ पुरस्कृत भएका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको १४ औं स्थापना दिवसको अवसरमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा यस वर्ष उत्कृष्ठ काम गर्ने पत्रकारहरुलाई शुक्रबार काठमाण्डौंमा भएको एक कार्यक्रममा सम्मान गरिएको हो ।
महासंघले रेडियो, पत्रिका र टेलिभिजन गरि ३ वटा छुट्टाछुट्टै संचार क्षेत्रमा कार्यरत ३ जना पत्रकारलाई आज सम्मान गरेको हो । जसमध्ये रेडियोहरु मध्येबाट रेडियो धादिङ १०६ मेगाहर्जका कार्यक्रम संयोजक अर्जुन श्रेष्ठ पुरस्कृत भएका हुन् ।
श्रेष्ठ यो भन्दा अघि शिक्षा र कृषिको क्षेत्रबाट पनि २ पटक सम्मानित भइसकेका छन् ।