Sat. May 24th, 2025

गायक गुरुङको अन्तेष्टी, सञ्चारमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Antesti

१२ भदौ, धादिङ– दिवंगत गायक खेमराज गुरुङको पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।

गायक गुरुङको बिहीबार निधन भएको थियो । अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिएको थियो ।

मन्त्री कार्की प्रज्ञाभवन पुगेर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरे ।

प्रज्ञा भवन परिसरमा कलाकार, शुभेच्छुक र सर्वसाधारणहरुको उपस्थिति थियो । उनीहरु शोकमा थिए ।

गायक गुरुङको पार्थिव शरीरमा आइतबार नै पशुपतिस्थित आर्यघाटमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ ।

About The Author

अन्य समाचारहरु: