Sat. May 24th, 2025

लापर्बाही गरे लाईसेन्स खारेज हुने

१२ भदौ, धादिङ– चालकले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा अब लाईसेन्स खारेज हुने भएको छ ।आइतबार व्यवस्थापिका संसद बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको जानकारी गराउदै लापार्वाही गरेको पाईए अब लाईसेन्स खारेज हुने बताए ।

सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।

नियवालिमा यात्रुबाहक सवारीले बढी यात्रु बोकेमा चालकका अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने,  यात्रुबाहकले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गर्ने लगाएत बिषय उल्लेख छन् ।

पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि ६ महिनाका लागि निलम्बन गर्ने पनि नियमावलिमा छ ।

About The Author

अन्य समाचारहरु: