Wed. Dec 4th, 2024

बराहाकालिकाले स्वर्ण जयन्ती मनायो

२५ पुस धादिङ

सामुदायिक विद्यालयमा विद्यार्थीहरु टिकाइ राख्नका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद कार्पीले बताउनु भएको छ ।

वराहकालीका उच्च माध्यमिक विद्यालय ढोला धादिङको स्वर्ण जयन्ती समारोहलाई उद्घाटन गर्दै शिक्षा निर्देशनालयका निर्देशक काप्रीले सरकारले पनि शैक्षिक क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनु भएको हो । जब विद्यालयहरुले बालमैत्री तथा रोजगारी मुलक शिक्षा दिन सक्छ तव मात्र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने धारणा काप्रीले राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश ढकाल, पूर्व सांसद एवम् नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहोनी, एमाओबादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, शिक्षक युनियनका सचिव विष्णुप्रसाद अधिकारी, शिक्षक संघ धादिङ अध्यक्ष दीपक सिँखडा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक तथा विद्यालयलाई सहयोग पु¥याउनेहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सेना र क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद काप्रीले सम्मान गर्नुभएको थियो । स्वर्ण महोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक खड्कबहादुर श्रेष्ठले विद्यालयका शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

About The Author

अन्य समाचारहरु: