Tue. May 20th, 2025

सदनमा सांसद घलेको प्रश्न ः उत्तरी धादिङ किन हिमाली क्षेत्रमा परेन ?

Dhan bahadur ghale

अस्मिता खतिवडा/१३ भदौ, धादिङ- व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले आ–आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र मुलुकको समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोहि क्रममा सांसद धन बहादुर घलले उत्तरी धादिङका ३ गाउँ विकास समितीलाई १ गाउँपालिका बनाउनु पर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका छन् । धादिङ क्षेत्र नंबर १ बाट निर्वाचित सांसद धन बहादुर घलले व्यवश्थापिका संसदमा समय दिएर बोल्दै लापा, तिप्लिङ र सेरतुङ गाविस बराबर १ गाउँपालिका बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सदनमा आफ्नो कुरा राख्दै सांसद घलेले भने– “हिमाली क्षेत्रमा १५ हजार जनता बराबर १ गाऊँपालिका र पहाडी क्षेत्रमा २५ हजार जनता बराबर १ गाऊँपालिका हुनुपर्ने भनि आयोगले मापदण्ड तयार पारेको छ । सो मापदण्ड हेर्दा गणेश हिमाल संग प्रत्यक्ष जोडिएको धादिङका ३ वटा गाऊँ विकास समिती लापा, तिप्लिङ र सेरतुङ किन १५ हजार मापदण्ड भित्र किन परेन ? त्यसैले यस विषयमा सरकारको ध्यानाकर्षण गराऊन चाहन्छु ।”

त्यस्तै सांसद परशुराम तामाङले नेपाल बहुभाषिक मुलुक भएको र संविधानले धर्म निरपेक्षसमेतको मान्यता प्रदान गरिसकेको अवस्थामा पर्यटन मन्त्रालयले बौद्ध धर्मावलम्बीले प्रयोग गर्ने खादामा गरेको प्रतिबन्धप्रति आपत्ति जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: