१४ भदौ काठमाडौं–नेपालीहरुमा फेसबुकको नशा बेजोडले बढेको छ । सहरमा मात्र होइन, गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ । यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर बिहे गरेका छन । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन । यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ ।
फेसबुकमार्फत चिनजान भएकी एक यवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन ।
चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।
पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाई बलात्कार मुद्दा चलाएपनि उनी अहिले जेल चलान भएका छन ।
त्यस्तै घटना बारम्बार भइरहेका छन् । फेसबुकबाट चिनजानकै भरमा धेरैको जिन्दगी बर्बाद भइरहेको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।