१४ भदौ, धादिङ– गहना मैलोधैलो भएको छ ? चिन्ता नलिनुस घरघरै सफा गरिदिने समूह डुल्दै छन्। टलक्क टल्कने सफा गहना लगाउने चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस किनकि तपाईं तिनीहरुबाटै लुटिन सक्नुहुन्छ।
सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ ।
पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै–थोरै सुन निकाल्ने गरेका छन्। चाडपर्व नजिक आउँदै गर्दा सुन सफा गरिदिने भन्दै बस्ती–बस्ती घुम्नेहरूबाट ठगिएका महिला झापामा थुप्रै छन्। तीज, दसैंतिहार तथा बिहेको मौसममा महिलाले सुनका गहना धेरै लगाउँछन्। त्यही बुझेर सफा गर्ने भन्दै उनीहरूको गहना हात पार्ने लुटेराले सजिलै सुन लुटिरहेका छन्।
फिरन्तेले त्यस्तै एसिड प्रयोग गरी सुन धुने गर्छन जसले सुनका कण निकाल्ने भएकाले पखाल्न प्रयोग गरिएको पानी उनीहरू आफैं लिएर जान्छन्। त्यहीँबाट उनीहरुले सुन निकाल्ने गर्ने गरेका छन् ।
ुसुन ठगेर ठग हिँडिहाल्छ, पीडितले पछि मात्र थाहा पाउँछन , धेरै घटना प्रहरीसमक्ष आइपुग्दैनन यस्तो घटनामा अधिकांश विदेशी नागरिक रहेको प्रहरी भनाइ छ। भारतीय ठग समूह यसमा संलग्न रहेको आशंका प्रहरीको छ । नागरिक दैनिकबाट