प्रमोद अर्याल
नेपाल राष्ट्रिय तेक्वान्दो युनियनको आयोजनामा शुक्रबारबाट नवलपरासीको शहिद स्मृति रँगशाला भूमहिको कभर्ड हलमा चौथो पश्चिमाञ्चल स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
नेपाल राष्ट्रिय तेक्वान्दो युनियनका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डोलराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला तेक्वान्दो विकास समिति रुपन्देहिका सचिव समिर वि.क ले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी भण्डारीले तेक्वान्दो खेल नेपालको परिप्रेक्षमा निकै लोकप्रिय हुँदै गएको र आत्मरक्षा सँगसँगै शारिरीक स्फूर्तिको लागि पनि निकै उपयोगी भएको बताए । जारी प्रतियोगिताबाट उत्कृष्ट खेलाडिहरु अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागिता जनाउने भएकोले पनि सफलताको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।
नवलपरासीको रामनगर स्थित कभर्डहलमा सुरु भएको प्रतियोगितामा पश्चिमाञ्चल अन्तर्गतका ७ जिल्लाका ९५ खेलाडिको सहभागिता रहेको छ । कुल १८ स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिष्प्रर्धा भैरहेको छ । प्रतियोगिताको शनिबार एक कार्यक्रमका विच समापन गर्ने कार्यक्रम रहेको छ ।
आगामी माघको दोश्रो सातास्वर्गिय त्रिलोक सुब्बाको स्मृतिमा सुनसरीमा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि खेलाडि छनौट गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको नेपाल राष्ट्रिय तेक्वान्दो युनियनका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनु भएको छ । आगामी माघको पहिलो साता छनौट भएका खेलाडिविच राष्ट्रिय प्रतियोगिता सँचालन गर्ने र विजेताले राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तरााष्ट्रिय प्रतिस्पर्धामा भाग लिने श्रेष्ठले बताउनु भएको छ ।