Sat. May 24th, 2025

मुग्लिन–नारायणगढ सडक ठप्प, पहिरो खुलाउने प्रयास जारी

pahiro१७ भदौँ धादिङ– पहिरो खसेपछि मुग्लिन नारायणगढ सडकखण्ड  बिहान ५ बजेदेखि अवरुद्ध भएको छ । रातिदेखि परेको पानीले चण्डीभन्ज्याङ–६ कालिखोलामा खसेको पहिरो हटाउने प्रयास भैरहेको छ ।

पहिरो खसेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ ५ किलोमिटरमा पर्छ । यो खण्ड अवरुद्ध भएपछि सिमलटारदेखि मुग्लिनसम्म नै जाम छ । दुईसय भन्दा धेरै गाडी रोकिएकाले पहिरो हटेपछि पनि बाटो छिचोल्न समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
मुग्लिन नारायणगढ सडकखण्डको विकल्पमा पश्चिम जाने गाडी मुग्लिनबाट पोखरा हुँदै बुटवल तथा पूर्व जाने गाडी काठमाडौंबाट त्रिभुवन राजपथ, विपी राजमार्ग र दक्षिणकाली हुँदै हेटौंडा निस्कन सक्ने भएपनि सडक साँघुरो, घुमाउरो र भाडा महंगो पर्न जान्छ ।

About The Author

अन्य समाचारहरु: