Mon. Apr 29th, 2024

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

narayangad-muglin-road

१७ भदौ,  चितवन – अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । चितवनको कालीखोलामा पहिरो खसेर अबरुद्ध भएको सडक सुचारु भएसँग रोकिएका सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।

राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको थियो ।

सुरक्षाकर्मी र सडक कार्यालयका कर्मचारीहरूको पहलमा अबरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको थियो ।

पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ । सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: