Sat. May 24th, 2025

धादिङको गजुरीमा घर भत्किँदा बालकको ज्यान गयो

dhading-map
१७ भदौ,  धादिङ – धादिङको गजुरी गाँउ विकास समितिको वडा नं ५ साने भन्ज्याङमा घर भत्किँदा  एक बालकको ज्यान गएको छ ।

विहिबार बेलुका घर भत्किँदा ६ वर्षे राजकुमार चेपाङको ज्यान गएको प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

घरले च्यापिएर उनका भिनाजु सिन्धुली घर भएका सन्तोष कार्की घाइते भएका छन्  भने एउटा बाख्रा पनि मरेको छ ।

चेपाङ परिवार भूकम्पले चर्काएको घरमा बस्दै आइरहेका थिए । चर्केको घर भत्केपछि चेपाङको मृत्यु भएको हो ।

About The Author

अन्य समाचारहरु: