Sat. Oct 5th, 2024

कच्ची सडकमा भाडा समायोजन, एउटै रुटमा एकसय सम्म घट्यो

२५ पुस , धादिङ
धादिङबेशीबाट जिल्लाका विभिन्न ग्रामिण भेगसम्म जाने सवारी भाडादरमा समायोजन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा धादिङ यातायात व्यवसायी संघ र संयुक्त यातायात व्यवसायी संघका पदाधिकारीहरुको संयक्त बैठकले ग्रामीण भेगमा गुड्ने सवारीको भाडादर शनिबारदेेिख लागु हुनेगरी घटाएको हो ।

धादिङबेसीबाट जिल्लाका ग्रामिण भेगमा जाने जीपहरुको भाडामा १ सय रुपैँया सम्म र मिनिबसको भाडा दरमा ५० रुपैँया सम्म घटाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा चल्ने गाडीहरुको भाडा अत्यधिक बढी भएको गुनासाहरु आउन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले अनुगमन गरी सो निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मुल्य घटेसंगै सवारी साधनहरुको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

नयाँ भाडादर अनुसार बसमा यात्रा गरेर धादिङबेसीबाट आरुघाटसम्म ३५ किलोमिटरको दुरीमा २१० रुपैया भाडा लाग्ने भएको छ । धादिङबेसीबाट खहरेसम्म १८५ रुपैया, धादिङबेसीबाट खरी बुङकोटसम्म १५० रुपैया, धादिङबेसीबाट चैनपुर, बङकोटघाटसम्म १५० रुपैया कायम गरिएको छ । त्यस्तै धादिङबेसीदेखि मैदि अमराइसम्म ११० रुपैया, पिपलटारसम्म १२५ रुपैया, धादिङबेसीदेखि फुुलखर्कसम्म ३५० रुपैया, धादिङबेसी सुनौलाबजार भोर्लेसम्म ११० रुपैया, धादिङबेसीबाट नलाङ, कमलबारीसम्म ११५ रुपैया कायम गरिएको छ भने धादिङबेसीदेखि सांकोष, टोड्के हुँदै सिम्लेसम्म ११५ रुपैया कायम गरिएको छ ।

त्यसैगरी जीपमा यात्रा गर्ने यात्रुहरुले धादिङबेसीबाट टोडकेसम्म १४० रुपैया, चरङेसम्म १५५ रुपैया तिर्नुपर्ने यातायात व्यवसायी संघले जनाएको छ । धादिङबेसीदेखि पोवासम्म १८०, धादिङबेसीदेखि मैदी व्यारथोकसम्म १९० रुपैया, धादिङबेसीदेखि लपाङ्सम्म २१० रुपैया, पन्तटारसम्म २३० रुपैया, किन्ताङफेदीसम्म २७५ रुपैया, दार्खाफेदीसम्म ३१० रुपैया, खुर्सानीबारीसम्म ३१५ रुपैया, घयाङसाङ र दार्खा चौकीसम्म ३५० रुपैया कायम गरिएको छ ।
त्यस्तै धादिङबेसीबाट रिङने भाँजासम्म २४० रुपैया, मैदी सातदोबाटेसम्म ३०० रुपैया, गुम्दीसम्म ३२० रुपैया, छेलाङसम्म ३४० रुपैया र धादिङबेसीबाट चिम्चोकसम्म ४०० रुपैया तिर्नुपर्ने गरी भाडादर समायोजन गरिएको छ ।

शनिबारदेखि लागु हुने भाडा दर अनुसार धादिङबेसीबाट कटुञ्जेसम्म १७० रुपैया, सेल्लेसम्म १९० रुपैया, भोग्टेनीसम्म २१० रुपैया, चौतारासम्म २३५ रुपैया, टिकाडुङसम्म २४० रुपैया, भाराधिरीसम्म २६० रुपैया, नेमारचोकसम्म २४० रुपैया, मार्पाकसम्म २७० रुपैया कायम गरिएको छ । धादिङबेसीबाट आलडाँडासम्म ४० रुपैया, पचघरेसम्म ६५ रुपैया र जुम्रेडाँडासम्म १०५ रुपैया कायम गरिएको छ । कायम गरिएका स्थानहरुको भाडादर शनिबारबाट नै लागु हुने संयुक्त यातयात जीप सेवा समितिले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मुल्य घटेपछि एउटै रुटमा एक सय रुपैयाँ सम्म भाडादर घटाइएको भएपनि प्रतिकिलोमिटर ११ रुपैयाँसम्म तिर्न यात्रुहरु बाध्य छन् ।

समायोजन गरिएको नयाँ भाडादर यस प्रकार रहेको छ

vada 1

vada 2

 

vada 3

 

 

About The Author

अन्य समाचारहरु: