Sat. May 24th, 2025

गैरकानुनी रुपमा बस्ने पर्यटक बढे

Pokhara-Nepal-tourism-area१९ भदौ, काठमाडौं – पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटकको संख्या बढेको छ ।

लामो समय पोखरा बसेका पर्यटकको गतिविधि अनुगमन नगर्दा यो अवस्था आएको पर्यटन व्यवसायीले बताएका छन् ।

अध्यागमन कार्यालय पोखराको आयोजनामा स्थानीय पर्यटन व्यवसायीसँग भएको अन्तरक्रिया पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा व्यापारिक भिसा नलिएरै व्यापार गर्ने, भिसा अवधि सकिएर पनि लामो समय बस्ने पर्यटक बढ्दै गएको बताएको छ ।

पोखरामा कतिपय पर्यटकले व्यापारिक भिसा लिएर व्यापार गरेका छन् भने सरकारी तथ्यांक छैन ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० पोखराका अध्यक्ष रामचन्द्र शर्माले लामो समय बस्ने पर्यटकको गतिविधि अनुमान नगर्दा पोखरामा गैरकानुनी रुपमा बस्ने पर्यटकहरु बढ्दै गएको बताए । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: