१९ भदौ, धादिङ – यस वर्षको हरितालिका तीज धुमधामसँग मनाइदैछ । तीजको अवसरमा धादिङको वैरेनीको महेशदोभानमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
अम्लेश्वर ब्वाइज क्लबको आयोजनामा कार्यक्रम भएको हो । तीजको अवसरमा धादिङको साँकोषमा रहेको पशुपति मन्दिर तथा शीवजीको मन्दिरमा भक्तजनको घुइचो लागेको थियो ।
हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ ।