Mon. May 19th, 2025

रेडियो धादिङ दशौं वर्षमा प्रवेश

radio-dhading 1

२० भदौ,  धादिङ / सरिता श्रेष्ठ – सामुदायिक रेडियो, रेडियो धादिङ आजबाट प्रशारणको दशौँ वर्ष प्रवेश गरेको छ ।

ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल भदौ २० गते धादिङवेसीबाट परिक्षण प्रशारण सुरु गरेको थियो । समुदायको लागि समुदायको आवाज भन्ने मुल नारा लिएर जिल्लाकै पहिलो रेडियोको रुपमा प्रशारण सुरु भएको रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खबर प्रशारण गरिरहेको छ ।

radio-dhading 2

हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण हुँदै आएको रेडियो धादिङमा अहिले प्रत्येक दिन नेपाली भाषाका खवर ६ बुलेटिन, तामाङ भाषाको खवर १ बुलेटिन र चेपाङ भाषाको खवर १ बुलेटीन प्रशारण हुँदै आएको छ । यसैगरी यात्रामा निस्कने सर्वसाधारणको हितलाई ध्यानमा राखेर रेडियो धादिङले प्रत्येक २/२ घण्टाको फरकमा राजमार्ग खवर पनि प्रसारण गर्दै आएको छ ।

radio-dhading 3

रेडियो धादिङले विभिन्न संघसंस्था तथा निकायहरुको साझेदारीमा चेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । २०७२ साल वैशाख १२ गतेको भुकम्पले रेडियो प्रशारणमा पूर्ण क्षति पु¥याएपनि अस्थायी पाल भित्रैबाट भुकम्प गएको तेस्रो दिनदेखि प्रशारण सुरु गरेर आम नागरिकलाई सुसुचित गराउन सफल भएको थियो ।

रेडियोले अहिले भुकम्प पछिको पुन निर्माणमा विशेष जोड दिएर विभिन्न सन्देशमुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । सबैखालका सञ्चार माध्यमहरु अवरुद्ध बनेकाबेला विपदको बेला आवश्यक पर्ने सुचना सामार्गीहरु प्रशारण गरेर उद्धार र राहत वितरण प्रक्रियालाई सहज बनाएको थियो । समसामयिक विषयबस्तुमाथिको छलफल, लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले स्थानीय कलाकारहरुको उपस्थितिमा स्टुडियोबाटै प्रत्यक्ष दोहोरी गित संगितको कार्यक्रम पनि प्रशारण हुँदै आएको छ ।

radio-dhading 4

५ सय वाट क्षमताबाट प्रशारण भैरहेको रेडियो धादिङ, धादिङ जिल्लाका अतिरिक्त, नुवाकोट, रसुवा, गोरखा लगायत आसपासका १५ भन्दा बढि जिल्लामा सुन्न सकिन्छ । रेडियोको दशौ वर्ष प्रवेशका अवसरमा रेडियोका शुभचिन्तक, श्रोताहरुले प्रत्यक्ष फोनबाट र सामाजीक सञ्जालहरुमा विहानैदेखी शुभकामनाका सन्देशहरु दिइरहेका छन् ।

radio-dhading 1

About The Author

अन्य समाचारहरु: