Sat. Jun 22nd, 2024

उपभोक्ताहरुको जनगुनासोपछि धादिङबेसीका ग्याँस डिलरको अनुगमन

anugaman.psd

२५ पुस धादिङ

उपभोक्ताहरुको व्यापक जनगुनासोपछि धादिङबेसीका ग्याँस डिलर र विक्रेताहरुको शुक्रबार अनुगमन गरिएको छ ।

ग्याँस डिपोहरुले ग्याँस लुकाएर कृत्रिम अभाव सिर्जना गराएको जनगुनासो आउन थालेपछि जिल्ला अनुमगन समितिले धादिङबेसीमा अनुगमन गरेको हो । डिलर र विक्रेताहरुले ग्याँसको कृत्रिम अभाव बनाएको जनगुनासो आइरहेपनि अनुगमनको क्रममा त्यस्तो भेटिएको छैन ।

धादिङबेसीमा रहेका तीन ओटै डिलर र ग्याँस विक्रि गर्ने पसलहरुले ग्याँस लुकाएर राखेको नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक नन्दलाल शर्माले बताउनुभयो ।

अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च धादिङका वेदबहादुर खाँण, जिज्ला प्रशासन कार्यालयका सुब्बा हरिराम न्यौपाने लगायतको सहभागिता रहेको थियो । राजमार्ग क्षेत्रमा रहेका ग्याँस उद्योगहरुबाट नियमित रुपमा ग्याँस आपूर्ति भइरहेको अनुगमन समितिले जनाएको छ । उद्योगीहरुले पनि उद्योगको क्षमता अनुसार ग्यास आपूर्ति भइरहेको र नियमित रुपमा बजारमा ग्याँस पठाइरहेको बताएका छन् ।

उद्योगहरुबाट नियमित रुपमा ग्याँस आपूर्ति भइरहेको भएपनि उपभोक्ताहरुले भने डिलरहरुले ग्याँस लुकाएर कालोबजारी गरेको आरोप लगाउँदै आएका छन् । धादिङको राजमार्ग क्षेत्रमा १४ ओटा ग्याँस रिफिल सेन्टर भएपनि सदरमुकाममा दुई साता अघिदेखि ग्याँसको हाहाकार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: