२१ भदौ धादिङ–चितवनको दाह्रेचोक ७–चुङखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु राजकुमार शाह कामी रहेका छन् भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा भेटिएको लाईसेन्सको आधारमा राजकुमार शाह कामी चालक हनुसक्ने प्रहरीले जनाएको छ । अन्य दुई जना घाईते भएका छन् । घाईते दुई जनाको मेडिकल कलेजमा उपचार भईरहेको ट्राफिक कार्यलय मुग्लिनले जानकारी दिएको छ ।
काठमाण्डौँबाट मुग्लिनका लागी छुटेको ना ३ ख ९९०६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । ट्रक विहान पौने ४ बजेतिर सकडबाट तल खसेको हो ।